Shine Education Logo
Shine Education
    Shine Education
    Shine EducationNext Level IT Services Pvt. Ltd.
    FacebookTwitterInstagramLinkedInYouTube

    Explore

    Help

    • How to Use
    • FAQs
    • Tutorials
    • Blog
    • Place Ad

    Contact Support

    • Lalitpur, Nepal
    • +977-9849196171
    • info@shineducation.com
    Verified Nepal Portal

    © 2026 Shine Education. All rights reserved.

    Privacy Policy•Terms of Service•Cookie Policy•Sitemap

    ललितपुर–१ मा चुनावी सरगर्मी: सह–महामन्त्री उदयशमशेर राणाले आज मनोनयन दर्ता गर्दै

    yubraj lama
    January 20, 2026
    1179 views
    ललितपुर–१ मा चुनावी सरगर्मी: सह–महामन्त्री उदयशमशेर राणाले आज मनोनयन दर्ता गर्दै
    ललितपुर-१ मा कांग्रेस सह-महामन्त्री उदयशमशेर राणाले आज दिउँसो ३ बजे उत्साहजनक रूपमा मनोनयन दर्ता गर्दै हुनुहुन्छ।

    ललितपुर, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले आज आफ्नो मनोनयन दर्ता गराउँदै हुनुहुन्छ। हालैको विशेष महाधिवेशनबाट पार्टीको सह–महामन्त्री पदमा निर्वाचित राणालाई कांग्रेसले यस क्षेत्रको उम्मेदवार बनाएको हो।

    ​नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिका अनुसार आज दिउँसो ठीक ३:०० बजे गोदावरी नगरपालिका भवनस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ। क्षेत्रीय सभापति सुन्दर मान थिङले विज्ञप्ति जारी गर्दै उक्त अवसरमा महासमिति सदस्य, पार्टीका विभिन्न तहका प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ।

    ​केन्द्रीय राजनीतिमा प्रभावशाली छवि बनाएका सह–महामन्त्री राणाको उम्मेदवारीसँगै ललितपुर–१ मा चुनावी रौनक बढेको छ। कांग्रेसले आजको मनोनयन दर्तालाई एक भव्य शक्ति प्रदर्शनको रूपमा लिने तयारी गरेको छ।

    SN

    Shine news

    self

    More from this author

    Related Posts