Nepal Student Union
N
Anamnagar, kathmandu

Nepal Student Union

Joined Feb 5, 2026128 views

नेपालमा निरंकुश जहानिया राणा शासनको अन्याय, अत्याचारको विरुद्ध संगठित रुपमा विद्यार्थी आन्दोलन वि.स. १९९१ मा भारतको बनारसमा अध्ययनरत विद्यार्थीहरुले नेपाली छात्र संघको स्थापना गरी प्रारम्भ गरे । यसै क्रममा १९९७ साल माघ १६ गने त्रि – चन्द्र क्याम्पसका विद्याथी नेता गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा झुण्डाएर राणशासकले फासी दिए । यसरी विद्यार्थी आन्दोलनको क्रममा वि.स २००३ सालमा प्रजातन्त्र स्थापनाको प्रमुख लक्ष्य लिएर नेपाली कांग्रेसको स्थापना भयो । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा राणाशासन समाप्त पार्ने आन्दोलनदेखि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाटी निमोठदासम्म विद्यार्थीहरु संघर्षरत रहे । यसैक्रममा नेपाली कांग्रेसको सिद्धान्त र नीतिलाई अवलम्बन गर्ने विद्यार्थी समुदायको आवश्यकता महसुस गरी राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकताको आदर्श बोकेर अनवरत संघर्ष गर्ने तरुण विद्यार्थीहरु एकै ठाउँमा भेला भएर २०२७ साल बैशाख ६ गते स्थापना भएको विद्यार्थी संगठनको नाम हो नेपाल विद्यार्थी संघ ।

नेपाल विद्यार्थी संघ वर्गीय हक, हित एवं जनताको मौलिक अधिकार , लोकतन्त्र, मानव अधिकार , प्रेस स्वतन्त्रताको संरक्षणका लागि अनवरत संघर्ष गर्ने नेपालको सबै भन्दा शक्तिशाली विद्यार्थी संगठन हो । लोकतान्त्रिक मूल्यमान्यतालाई मुलमन्त्रका रुपमा अंगिकार गर्ने लोकतन्त्रवादी विद्यार्थीहरुको साझा र सम्मानित घर हो नेपाल विद्यार्थी संघ । साथसाथै नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई विद्यार्थीमाझ पुर्‍याउने एउटा बाहक पनि हो । वास्तवमा नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने एउटा नर्सरी पनि हो ।

नेपाल विद्यार्थी संघ

नेपालको एकिकरण पश्चात केन्द्रीय राजनीतिले आम जनतालाई अधिकार सम्पन्न गर्ने दिशा तर्फ ध्यान दिएन । अठारौ शताब्दिको अन्त्य तिर अन्तराष्ट्रिय राजनितिक ज्यादै तरल र चरम सामरिक खिचातानीबाट गुज्रिरहेको थियो । भारतीय महादिपमा एकछत्र राजगर्न सफल बेलायती साम्राज्यवादको आड भरोसामा नेपालमा राणहरुले एक शताब्दि भन्दा लामो समय निरकुश जहानिया शासन सत्ता संचालन गरे । नेपाली जनताले पटक पटक जन अधिकारका निम्ति राजनैतिक प्रयासहरु गरिरहे । घरेलु राजनैतिक अनुभव, भारतीय स्वतन्त्रता र विश्व राजनीतिमा आएको प्रजातान्त्रिक लहरलाई समेत ध्यानमा राखी नेपाली कांग्रेसले, जनअधिकार स्थापित गरी समृद्ध नेपालको परिकल्पना सहित मौलिक विचार पद्दति र संगठन निर्माण गरी अगाडि बढ्यो । नेपाली कांग्रेसद्धारा २००७ सालको सशस्त्र जनक्रान्तिले नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको बहाली गर्‍यो । तत्कालीन राष्ट्रिय राजनीति प्रजातन्त्रका निम्ति अनुकुल रहेन । राजतन्त्रले प्रजातन्त्रको आधारभुत जग नै तयार हुन दिएन । २०१७ साल पौष १ को शाही काण्ड पछि नेपाली कांग्रेसको नेतृत्व जेल, प्रवास र भूमिगत अवस्थामा छिन्न भिन्न हुन पुग्यो । यसले प्रजातान्त्रिक आन्दोलनको गति करिब करिब रोकिए कै जस्तो भयो । पार्टी प्रतिबन्धित अवस्थामा प्रजातान्त्रिक आन्दोलनको ध्वज अघि बढाउन प्रजातान्त्रिक संस्थाको खाँचो खड्कियो । फलत : २०२७ साल बैशाख ६ गते प्रजातन्त्र प्रति आस्थावान युवा विद्यार्थीहरुको साझा थलोको रुपमा नेपाल विद्यार्थी संघ को स्थापना गरियो । तत्कालीन अवस्थामा मुलभूत दुई उद्देश्य राखेर नेपाल विद्यार्थी संघको स्थापना भएको हो ।

१. अधिकारबाट बञ्चित नेपाली जनतालाई अधिकार सम्पन्न गराउन प्रजातन्त्रको स्थापनाका लागि प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने ।

२. समृद्ध नेपालको निर्माणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति निर्माणको नेतृत्व गर्ने ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी प्रति प्रतिवद्ध नेपाल विद्यार्थी संघले नेपालको कठिन राजनैतिक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरिआएको छ । नेपालको राजनीतिमा आएको आमुल परिवर्तन र बदलिएको परिस्थितिमा समय सापेक्ष नेपाल विद्यार्थी संघको दायित्वमा पनि परिवर्तनको आवश्यकता छ । समृद्ध नेपालको आधारशिला खडा गर्नका निमित्त आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षा पद्दतिका निम्ति नेपाल विद्यार्थाी संघको ध्यान केन्द्रीत गर्न आवश्यक छ ।

After the unrestrained and autocratic Rana regime in Nepal committed injustice and oppression, students studying in Banaras, India, organized themselves and established the Nepal Student Union (NSU) in 1991 B.S., beginning the student movement. In this course, on Magh 16, 1997 B.S., Tri-Chandra Campus student leader Gangalal Shrestha was hanged by the Rana rulers at Shobhabhagwati. During this wave of the student movement, the Nepali Congress was founded in 2003 B.S. with the main objective of establishing democracy. From the movement to end the Rana regime under the leadership of the Nepali Congress, up to 2017 B.S., when King Mahendra suppressed democracy, students continued their struggle.


In this context, realizing the need for a student community to uphold the principles and policies of the Nepali Congress, young students carrying the ideals of nationalism, democracy, socialism, and student unity gathered together and founded an organization on Baisakh 6, 2027 B.S., which was named Nepal Student Union.


Nepal Student Union is Nepal’s strongest student organization, continuously fighting for class rights, people’s welfare, fundamental rights, democracy, human rights, and the protection of press freedom. It is the common and respected home of democratic-minded students who embrace democratic values as their guiding principle. It also serves as a medium to deliver the policies and ideology of the Nepali Congress among students. In reality, the Nepal Student Union is also a nursery for producing future cadres of the Nepali Congress.



---


Nepal Student Union


After the unification of Nepal, central politics failed to empower the general public with rights. Toward the end of the 18th century, international politics was highly unstable, experiencing extreme geopolitical tensions. In the Indian subcontinent, relying on the influence of British imperialism, the Ranas ruled Nepal with an authoritarian hereditary regime for more than a century.


The Nepali people repeatedly made political attempts for their rights. Taking into account domestic political experience, the Indian independence movement, and the global democratic wave, the Nepali Congress advanced with the vision of establishing people’s rights and building a prosperous Nepal through a systematic ideology and organizational structure. The armed revolution of 2007 B.S. led by the Nepali Congress ended the Rana regime and reinstated democracy in Nepal.


However, the national political environment was not favourable for democracy. The monarchy did not allow the foundations of democracy to strengthen. After the royal coup of Poush 1, 2017 B.S., the leadership of the Nepali Congress faced imprisonment, exile, and underground struggle, causing the democratic movement to nearly come to a halt. During the period when the party was banned, there was a strong need for a democratic institution to carry forward the democratic struggle.


As a result, on Baisakh 6, 2027 B.S., the Nepal Student Union was established as a common platform for youth and students committed to democracy. At the time of its establishment, NSU was founded with two primary objectives:


1. To lead the democratic movement to ensure rights for Nepali citizens deprived of their freedoms.



2. To lead the development of educational policies needed to produce skilled human resources essential for building a prosperous Nepal.




Committed to nationalism, democracy, socialism, and student welfare, the Nepal Student Union has played a leading role in Nepal’s difficult political transitions. With the major political changes and altered circumstances in the country, it has become necessary for the NSU to adapt its responsibilities according to the demands of time. To lay the foundation for a prosperous Nepal, it is essential for the NSU to focus on an educational system capable of producing the required academic manpower.