३बर्ष लामो उसुको बिबाद ऐन बमोजिम समाधान हुने।

युवराज थिङ
5 days ago
1127 views
0 comments
3 shares
३बर्ष लामो उसुको बिबाद ऐन बमोजिम समाधान हुने। - Image 1
साईन न्युज
२२ पुष २०८२, मंगलबार


बिगत ३बर्ष भन्दा लामो समय देखी नेपाल उसु महासंघको बिवाद चुलिएको छ,र अहिले नेपालमा २ वटा उसु महासंघ अस्तित्वमा छन्।अन्तराष्ट्रिय उसु महासंघ र ओलम्पिक कमिटि बाट मान्यता प्राप्त महासंघका अध्यक्ष बिर बाहादुर तामाङ छन् भने राखेप मान्यता प्राप्त उसु महासंघमा जनक बर्तौला रहेका छन्, राष्ट्रिय मान्यता प्राप्त उसु महासंघका अध्यक्ष जनक बर्तौलाले २ बर्ष अगाडि उसुको एक राष्ट्रिय प्रतियोगीतामा नै राजिनामा घोषणा गरेका थिए र राजिनामा पत्र पनी राष्ट्रिय खेलकुद परिषदमा बुझाएका थिए। त्यस्तै उपाध्यक्ष दिपक लामाले पनी बागमति प्रदेश सदस्य सचिब हुनु अघी नै राजिनामा दिएको सामाजिक संन्जालहरु बाट जानकारी गराएका थिए।राजिनामा दिए पनी पुर्व राखेप सदस्य सचिब टंकलाल घिसिङ र पुर्व राखेप उपाध्यक्ष शिव कोईरालाले राजिनामा स्वकृत गरेनन, यो कुरालाई लुकाई रहे,बरु शिव कोईराला आफै अध्यक्ष बनेर ओलम्पिक कमिटिमा प्रतिनिधित्व गरेर ओलम्पिकको चुनाबमा जान लाई धेरै कोशिस गरे।ओलम्पिक कमिटिमा जान नसके पछि आफ्नै पार्टिका साथी नवराज ढुङ्गानालाई उसु जिम्मा लगाएर उसु खेललाई लथालिङ् पारिदिए। जनक बर्तौलाका अनुसार उसुमा धेरै लपरबाहि भयो त्यस कारण एउटै कमिटि होस् भनेर मैले राजिनामा दिएर म पछाडि हटेको हु,उनले म सधै खेलाडिको हितमा हुनेछु भनेर भन्दै आएका छन्।तर शैलेश कर्माचार्य म आफै अध्यक्ष हु भन्दै हिड्ने गरेका छन्,तर उनी उपाध्यक्ष मात्र हुन,उनले जापनमा सहभागी भएका थाउलु वल्डकपका राष्ट्रिय खेलाडि र अफिसियलको राखेप बाट टिप्पणी उठेर निकासा हुन लागेको पैसा दिनु हुदैन भनी पुर्व खेलकुद मन्त्री तेजुलाल चौधरीलाई रुवाबासी गरेर रकम रोक्न लगाएका थिए। जस्को बिरुदमा राष्ट्रिय खेलाडिहरुले पत्रकार सम्मेलन नै गरेर बोलेका थिए। ३बर्ष देखी अध्यक्ष बिहिन महासंघले न साधारण सभा गरेका छन्, न आफ्नो खर्चमा कुनै प्रतियोगीता गरेका छन्,न त अन्तराष्ट्रिय मान्यता नै लिएर आउन सकेका छन् यस्तो हुदाँ पनी आफ्नै पार्टिका कार्यकर्ताहरु त्यस महासंघ भएकाले टंकलालले बचाउदै आएका थिए।राष्ट्रिय खेलकुद बिकास ऐन २०७७ अनुसार एक बर्ष भित्र राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको खण्डमा यस्तो संघको हैसियत एउटा सानो कल्ब सहर हुनेछ भनेर,प्रस्ट लेखिएको छ।तर पनी राखेपले कहिले खेलकुदको ऐन लाई कार्यन्वयन गर्ने प्रयास गरेन।खेलकुद ऐनमा फेलिएर महासंघहरुलाई हटाएर समस्याको समाधान निकाल्ने खेलकुद मन्त्री बब्लु गुप्ताले बताएका छन्।सोहि अनुरुप २महिना पहिले नै उनले आफ्नै खर्चमा बर्षमा एउटा पनी राष्ट्रिय प्रतियोगीता नगर्ने महासंघ लाई ३महिना भित्र राष्ट्रिय प्रतियोगीता नगरे त्यस्तो महासंघलाई पहिचान गरेर निलम्बन गर्न ठाडो चेतवनी दिएका थिए।सोहि अनुरुप गत कार्तिक २८ गते राखेपले पत्र समेत सार्बौजनिक गरेको थियो। शैलेश कर्माचार्यको नेतृत्वमा भनिएको उसु महासंघले एउटा पनी प्रतियोगीता संघकै खर्चमा गरेका छैनन्।मन्त्री भन्छन् ऐन भन्दा माथी म पनी छैन सबै खेलकुद संघहरुले ऐन पालना गर्नु पर्छ। उसुको बिबाद चाँडै मिलेर नयाँ कार्यसमिति बन्ने छ।जस्ले धेरै काम गरको छ, जस्ले राष्ट्रको गौरब बढाउने काम गरेको छ, उसैलाई काम गर्न रोक्दैनौ हिजोको दिनमा जे भए पनी अब ऐन बमोजिम काम हुन्छ।


Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!