अखिल क्रान्तिकारी भोजपुरको जिम्मेवारी हेरफेर

Shine news
15 days ago
675 views
0 comments
3 shares
अखिल क्रान्तिकारी भोजपुरको जिम्मेवारी हेरफेर - Image 1

भोजपुर । गौरवशाली संगठन अखिल (क्रान्तिकारी) भोजपुर जिल्ला समितिको रिक्त पदहरूमा नयाँ जिम्मेवारी बाँडफाँड गरिएको छ। हिजो सम्पन्न भर्चुअल बैठकले संगठनको अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्दै नयाँ नेतृत्व चयन गरेको हो।

अखिल (क्रान्तिकारी) भोजपुरका जिल्ला अध्यक्ष सन्तोष राईका अनुसार तत्कालीन सचिव सोविन तामाङ संगठन छोडी प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएकोले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ। सोही रिक्त जिल्ला सचिव पदमा सह-सचिव कमरेड प्रीतम राईलाई जिम्मेवारी दिइएको छ।

​त्यसैगरी, सह-सचिव पदमा कोषाध्यक्ष कमरेड अनिशा पाचकोटी र रिक्त कोषाध्यक्ष पदमा जिल्ला सदस्य कमरेड भूपाल पाण्डेलाई चयन गर्ने निर्णय भएको छ।

​नयाँ जिम्मेवारी पाएका कमरेडहरूलाई बधाई दिँदै जिल्लामा उपलब्ध नेताहरूबीच भेटघाट तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ। उक्त अवसरमा संगठनको आगामी कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष राईले जानकारी दिनुभयो।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!