अनेरास्ववियु भोजपुरको संयोजकमा पवन कार्की

भोजपुर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोजपुर जिल्लाको महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। संगठनको 'स्टुडेन्ट को-अर्डिनेसन एन्ड रेस्क्यु टिम' (Student Co-ordination & Rescue Team) भोजपुरको जिल्ला संयोजकमा पवन कार्की नियुक्त हुनुभएको छ।
अनेरास्ववियुको विधान र सांगठनिक नियमावली अनुसार कार्कीलाई सो जिम्मेवारी प्रदान गरिएको हो। संगठनका केन्द्रीय संयोजक सोनाम मुक्तानद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा कार्कीलाई संगठनको मूल्य, मान्यता र मर्यादाभित्र रहेर कार्य सम्पादन गर्न निर्देशित गरिएको छ।
नवनियुक्त संयोजक कार्कीले विद्यार्थीहरूका समस्या समाधान गर्न र संगठनको आन्दोलनलाई थप उचाइमा पुर्याउन सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ। भोजपुर जिल्लामा विद्यार्थी हकहितका लागि उद्धार र समन्वयको कामलाई प्रभावकारी बनाउन यो नयाँ नियुक्तिले मद्दत पुग्ने संगठनले जनाएको छ।