अनेरास्ववियु सगरमाथा इन्जिनियरिङ कलेजको संयोजकमा रिदम बराल नियुक्त

Shine news
7 days ago
240 views
0 comments
1 shares
अनेरास्ववियु सगरमाथा इन्जिनियरिङ कलेजको संयोजकमा रिदम बराल नियुक्त - Image 1

काठमाडौं । अनेरास्ववियु सगरमाथा इन्जिनियरिङ कलेज कमिटीको संयोजकमा कमरेड रिदम बराल चयन हुनुभएको छ। विद्यार्थी आन्दोलनप्रति उहाँको लामो समयदेखिको समर्पण, वैचारिक स्पष्टता र सशक्त नेतृत्व क्षमताको उचित मूल्यांकन गर्दै संगठनले उहाँलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

​नवनियुक्त संयोजक बराललाई संगठनका नेता तथा कार्यकर्ताहरूले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। बरालको नेतृत्वमा कलेजमा संगठन थप सुदृढ, अनुशासित र परिणाममुखी हुनेमा सबै विश्वस्त देखिएका छन्। विद्यार्थी हकहितको रक्षा गर्दै सांगठनिक संरचनालाई नयाँ उचाइमा पुर्‍याउन र शैक्षिक मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउन उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ। दिइएको जिम्मेवारीलाई सफलतापूर्वक वहन गर्दै कलेजस्तरमा संगठनलाई थप बलियो बनाउने विश्वास समेत लिइएको छ।

Share

1

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!