अनेरास्ववियु सुनसरीको अध्यक्षमा शेखर रेग्मी निर्वाचित

Shine news
12 days ago
160 views
0 comments
2 shares
अनेरास्ववियु सुनसरीको अध्यक्षमा शेखर रेग्मी निर्वाचित - Image 1

इनरुवा, सुनसरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुनसरीको जिल्ला भेलाले शेखर रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ। विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने उदेश्यका साथ सम्पन्न भेलाले संगठनको नयाँ नेतृत्व चयन गरेको हो।

​नयाँ कमिटीको उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरीकोषाध्यक्षमा सन्जु खड्का निर्वाचित हुनुभएको छ। त्यसैगरी, संगठनको सहसचिव पदमा मन्दिरा तुम्सा लिम्बु, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ चयन हुनुभएको छ।

​नवनिर्वाचित अध्यक्ष रेग्मीले सुनसरीका शैक्षिक मुद्दाहरू र विद्यार्थी हकहितका लागि आफ्नो कार्यकाल प्रतिबद्ध रहने बताउनुभयो। नवगठित कमिटीका सम्पूर्ण सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त भइरहेको छ।

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!