"अर्घाखाँची उत्पादन केन्द्रमाथिको हस्तक्षेपविरुद्ध ललितपुरमा नेकपा (माओवादी) को सशक्त प्रदर्शन"

Shine news
13 days ago
260 views
0 comments
3 shares
"अर्घाखाँची उत्पादन केन्द्रमाथिको हस्तक्षेपविरुद्ध ललितपुरमा नेकपा (माओवादी) को सशक्त प्रदर्शन" - Image 1

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ललितपुर जिल्ला कमिटीले अर्घाखाँचीस्थित पार्टीको उत्पादन केन्द्रमा राज्यले गरेको हस्तक्षेपविरुद्ध ललितपुरमा सशक्त विरोध प्रदर्शन गरेको छ। अनूप सी ले दिनुभएको जानकारी अनुसार, गत पुस ११ गते शितगङ्गा नगरपालिकाको उत्पादन केन्द्रमा सरकारले गरेको षड्यन्त्रपूर्ण खानतलासीलाई पार्टीले 'राज्य आतंक' को संज्ञा दिँदै सडकमा उत्रिएको हो।

​केन्द्रीय सदस्य विपिन सी को नेतृत्वमा लगनखेलबाट सुरु भएको र्‍याली थःती चारदोबाटोमा कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै नेता रत्न महर्जनले आत्मनिर्भरता र जनताको श्रमसँग जोडिएको अभियानमाथि भएको दमन तत्काल रोक्न सरकारलाई चेतावनी दिनुभयो।

​प्रदर्शनका क्रममा सर्वपक्षीय अन्तरिम सरकारको गठनभ्रष्टाचारीमाथि कारबाहीका लागि नागरिक आयोग बनाउन माग गरिएको छ। माग पूरा नभए आन्दोलनलाई अझ व्यापक बनाउने संकेत पार्टीले दिएको छ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!