बाघको आक्रमणबाट नेविसंघ नेतृ विनिता परियारको निधन

Shine news
12 days ago
317 views
0 comments
3 shares
बाघको आक्रमणबाट नेविसंघ नेतृ विनिता परियारको निधन - Image 1

बर्दिया: बर्दियाको मधुवन नगरपालिका–२, कोठियागाउँ निवासी विनिता परियारको बाघको आक्रमणबाट दुःखद निधन भएको छ। उनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुवन धनौरामा कक्षा ११ मा अध्ययनरत छात्रा हुनुका साथै नेपाल विद्यार्थी संघ (नेविसंघ) की सक्रिय नेतृ पनि थिइन्।

​आफ्नै गाउँ नजिकै भएको यो भयावह घटनाले विद्यालय परिवार, नेविसंघ र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। एक जेहेन्दार विद्यार्थी र उदीयमान युवा नेतृको असामयिक निधनले अपूरणीय क्षति पुगेको भन्दै विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ। दिवंगत परियारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ। यस घटनाले बर्दियामा मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्वलाई पुनः एकपटक टड्कारो रूपमा सतहमा ल्याएको छ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!