बागमती-४ प्युटारमा दोस्रो वडाअध्यक्ष कप ब्याड्मिन्टन सम्पन्न

स्रोत: ठाकुर लामा, प्युटार, ललितपुर,
बागमती गाउँपालिका वडा नं. ४ प्युटारमा आयोजित 'दोस्रो वडाअध्यक्ष कप ब्याड्मिन्टन प्रतियोगिता' शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कुल १९ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि प्युटारका मिलन लामा र दिपङ्कर तामाङको जोडीले जितेको छ।
प्रतियोगितामा कृषण लामा र एन्सल लामाको जोडी द्वितीय भए भने कल्याण लामा र कपिल कुँवरको जोडीले तृतीय स्थान हासिल गरे। मकवानपुरको बकैया-१० बाट सहभागी लेखबहादुर लामिछाने र सहदेव लामिछानेको जोडीले सान्त्वना स्थान प्राप्त गर्यो।
वडाअध्यक्ष रामकुमार लामाको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि वीरबहादुर लोप्चा, समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्रीय नेता दीपक घिमिरे, सुरक्षाकर्मी र स्थानीय खेलप्रेमीहरूको उपस्थिति थियो। खेलकुदले भाइचारा र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरियो।