बिर गणेशमान खुल्ला राष्ट्रिय किकबक्सिङको सातौ संस्करण हुदै

ललितपुर ।नेपालमा स्थापित बिभिन्न मार्सलआर्टहरुलाई एउटै रिङमा उभाएर देशभरीका प्रदेश र बिभागीय टिमको सहभागिता हुने यस प्रतियोगीताका परिकल्पनाकार पुर्व बागमति प्रदेश खेलकुद मन्त्री मिन कृष्ण महर्जन हुन, खेलकुद जगतका महानायक भनेर चिनिने महर्जनलाई ललितपुर खेलकुदका भिष्मपितामहा भन्दा केहि फरक नपर्ला।लौहापुरुष सर्बमान्य नेता स्वर्गीय गणेशमान सिंहको सम्झनामा निरन्तर रुपमा ठूलो धनराशीको पुरस्कारसहित गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँको प्याङगाउँमा खुल्ला किक बक्सीङ प्रतियोगिताको कुम्भ मेलाको सातौ संस्करण यो वर्ष पनि चापागाउँ,प्याङ्गाउमा हुदैछ।यस प्रतियोगीता कारण चापागाउँलाई देश भरी नै चिनाउने मदत गरको छ।यहि पौष २५, २६ र २७ गते गोदावरी नगरपालिका ११ प्याङगाउँ खेल मैदानमा लौह पुरुष सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको सम्झना सातौ खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको कुम्भमेला संचालन हुन लागेको हो ।
नेपालकै सबैभन्दा ठूलो धनराशी रहेको उक्त प्रतियोगिताको संयोजक ललितपुर जिल्ला खेलकुद बिकास समिति अध्यक्ष तथा बिनोद महर्जनले बाताएका छन्।
यो प्रतियोगिता संचालन गर्न त्यति सहज र सजिलो छैन । किनकी नेपालकै सबैभन्दा ठूलो धनराशीको पुरस्कार भएका कारण यो प्रतियोगिताको लागि आर्थिक भार पनि त्यतिकै छ । प्रतियोगिताका लागि मेनपावर पनि निकै चाहिन्छ । प्रत्येक बर्ष संचालन हुँदै आएको उक्त प्रतियोगिता यो सातौ संस्करण गर्न लागिएको छौ।
उक्त प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुआई थाई, फुल कन्ट्याक्ट् कराते, आईटी एफ गरी १२ वटा खेलका साथै ७ वटै प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक बिनोद महर्जन बताउँछन् । उक्त प्रतियोगिताको लागि पुरुष ५० केजि, ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि, र खुल्ला तौलमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, महिला ४५ केजि, ५० केजि, ५५ केजि, ६० केजि, ६५ केजि र खुल्ला तौलमा प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीलाई ३० हजार रुपैयाँ, द्वितीय हुने खेलाडीलाई १५ हजार रुपैयाँ र तृतीय हुने खेलाडीलाई जनही ८–८ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै यस प्रतियोगिताको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी पुरुष १ र महिला १ जना खेलाडीलाई उत्कृष्ट खेलाडी घोषित गरी जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने छ । सबै भन्दा बढी स्वर्ण पदक हासिल गर्ने टीमलाई टीम च्याम्पियन स्वरुप २ लाख रुपैयाँ, फस्ट रनरअफ १ लख रुपैयाँ र सेकेन्ड रनरअफलाई ५० हजार रुपैयाँ प्रदान गरिने संयोजक महर्जनले बताए । अध्यक्ष बिनोद महर्जनले जिल्ला खेलकुदमा आउने बितिकै जिल्ला भरी खलकुदको गतिबिधी बढाएर खेलाडि माझ निकै चर्चा कमाएका थिए। उनको दोस्रो कार्यकाल आउने समय सम्म जिल्लामा बिभिन्न खेलका दर्जनौ बढि राष्ट्रिय प्रतियोगीता गरेका छन् त्यस मध्य पनी हरेक बर्ष गरिने बिर गणेशमान किककबक्सिङ प्रतियोगीता भने सातौ संस्करण सम्म आईसकेको छ। खेलकुद गतिबिधीको डाटा सहित हेर्ने हो भने नेपालको अहिले सम्मकै ड्यासिङ जिल्ला खेलकुदको अध्यक्षमा बिनोद पर्दछन्।उनले आफ्नो जिल्ला लगाएत राष्ट्रिय खेलाडिहरुलाई अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुने खेलाडिहरुलाई ब्यतिगत रुपमा आर्थीक सहयोग गर्ने गरेका छन्।आफ्नो पुरै समय खेलकुदमा रमाउने बिनोद भन्छन् ललितपुर जिल्ला खेलकुदको अध्यक्ष समाले पछि मैले सबै भन्दा बढि प्रतियोगीताहरु संचालन गर्ने काम गरेको छु , जिल्ला भरी का खेलाडिको स्तरउन्नति गराउन र खेलाडिहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न प्रतियोगीता हुन जरुरी हुन्छ।हामीले ग्रासरुट बाटै खेलकुदको बिकासमा ध्यान दिनु पर्छ, जिल्लामा रहेका वडा तथा नगरस्तरिय प्रतियोगीताले भबिष्यमा खेलाडिले राम्रो नतिजा लेराउन मदत पुग्छ।अब हुन लागेको बिर गणेशमान खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगीता सातौ संस्करण सम्म आई पुग्दागर्दै मैले धेरै अनभब बढुलेको छु।हरेक बर्ष खेलाडिहरुको आशा अनुरुप काम गरेका छौ र हौसला बढाउने प्रयास गरेका छौ।परिकल्पनाकार बागमति प्रदेश पुर्व खेलकुद मन्त्री मिन कृष्ण महर्जनले कल्पना गरे बमोजिम हरेक बर्ष प्रतियोगीताको लोकप्रियता बढ्दै गएको छ। प्रतियोगितामा देशैभरीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलगायत देशका प्रतिष्ठित किकबकिङ खेलाडी गरी लगभग २ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहने संयोजक महर्जनले बताए । उक्त प्रतियोगिताको बागमती प्रदेश खेलकुद बिकास परिषद र गोदावरी नगरपालिका मुख्य प्रायोजक रहेको छ ।