चौघरे स्वास्थ्य चौकी भवन हस्तान्तरण

कोन्ज्योसोम, ललितपुर
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. १, चौघरेमा नवनिर्मित स्वास्थ्य चौकी तथा प्रस्तावित आधारभूत अस्पतालको भवन एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको छ। वडा अध्यक्ष सन्तालाल लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्माण सम्पन्न भवन औपचारिक रूपमा सम्बन्धित पक्षलाई सुम्पिएको हो।
जिल्ला समन्वय समिति (जिसस) ललितपुरको ६० प्रतिशत र कोन्ज्योसोम गाउँपालिकाको ४० प्रतिशत गरी कुल २ करोड २५ लाख रुपैयाँको साझेदारीमा यो भवन निर्माण भएको हो। कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख ऋषिदेव फुयालले साझेदारीको यो मोडलले ग्रामीण क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो।
विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष कृष्णमान तामाङ र विशेष अतिथि उपाध्यक्ष राजन प्रसाद घिमिरेले यो भवनबाट चाँडै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरिने जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत गोपाल दुलाल,नेपाल प्रहरीका प्रतिनिधि, कार्यपालिका सदस्य तथा स्वास्थ्य स्वयंसेविकाहरू उपस्थित रहेको उक्त कार्यक्रमले चौघरे, मानिखेल, भारदेउ र ठोसनेखोला क्षेत्रका बासिन्दामा उत्साह जगाएको छ। अब स्थानीयले घरदैलोमै आधुनिक स्वास्थ्य सुविधा पाउने ढोका खुलेको छ।