चौंरीदेउरालीमा नेपाली कम्युनिस्ट पार्टीको पहिलो पालिका स्तरीय बैठक तथा छलफल सम्पन्न⭐🇳🇵

Nepali Communist Party, Chaunrideurali RM
24 days ago
55 views
1 comments
50 shares
चौंरीदेउरालीमा नेपाली कम्युनिस्ट पार्टीको पहिलो पालिका स्तरीय बैठक तथा छलफल सम्पन्न⭐🇳🇵 - Image 1

नेपाली कम्युनिस्ट पार्टीको आगामी पुस ५ गते हुन गइरहेको बागमती प्रदेश स्तरीय विशाल एकता सन्देश सभालाई भव्य रूपमा सफल बनाउने मुख्य उद्देश्यका साथ काभ्रेको चौंरीदेउराली गाउँपालिकामा पालिका स्तरीय पहिलो छलफल भेला सम्पन्न भएको छ। पार्टी एकता भएपछिको यो पहिलो औपचारिक पालिका स्तरीय बैठक हो।

पार्टी एकता भएपछिको पहिलो औपचारिक छलफलका रूपमा लिइएको यस बैठकको अध्यक्षता क. तेज पन्तले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू क. मुकुन्द गौतम र क. रेणुका चौलागाईं उपस्थित हुनुहुन्थ्यो।

भेलामा पार्टीका जिल्ला समितिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। अतिथिहरूका रूपमा जिल्ला समिति सदस्यहरू गोकुल गौतम, प्रेम चौलागाईं, राजु आले तामाङ, उर्मिला परियार, धन बहादुर तामाङ, नवराज दुलाल, राम बहादुर लामा, राम प्रसाद चौलागाईं, चित्र प्रसाद चौलागाईं, गजबिर लामा, रमेश ठकुरी, यादव गौतम, सुदर्शन श्रेष्ठ र चिनिमाया लामा लगायतका नेताहरूको सहभागिता थियो भने अन्य करिब सय जना नेता कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो ।

बैठकको अध्यक्षता गर्दै क. तेज पन्तले पुस ५ गतेको सभा पार्टीको शक्ति प्रदर्शन र एकताको सन्देश दिने महत्वपूर्ण अवसर भएकाले चौंरीदेउरालीबाट उल्लेख्य जनसहभागिता गराउन यो तयारी बैठक आह्वान गरिएको प्रष्ट पार्नुभयो। उहाँले नेपाली कम्युनिस्ट पार्टी अब देशको मूल धारको राजनीतिक शक्ति बनेर अगाडि बढ्ने दाबी समेत गर्नुभयो।


कार्यक्रममा आफ्नो धारणा राख्दै विशिष्ट अतिथि एवं केन्द्रीय सदस्य क. रेणुका चौलागाईंले प्राविधिक रूपमा पार्टी एकता अहिले देखिए पनि आफूहरू भावनात्मक रूपमा पहिलेदेखि नै सँगै काम गर्दै आएका सहयोद्धा भएकाले कुनै नयाँपनको महसुस नभएको बताउनुभयो। उहाँले अब यो एकताको ऊर्जालाई तल्लो तह (Ground Level) सम्म पुर्‍याएर उत्कृष्ट कार्यसम्पादन (Performance) देखाउनुपर्ने र पार्टीलाई नयाँ ढङ्गले सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।


त्यसैगरी अर्का विशिष्ट अतिथि एवं केन्द्रीय सदस्य क. मुकुन्द गौतमले पार्टीको भविष्य युवाहरूको हातमा रहेको उल्लेख गर्दै अबको यात्रामा युवा शक्तिलाई व्यापक रूपमा समेटेर लैजानुको विकल्प नरहेको बताउनुभयो। उहाँले पुस ५ को ऐतिहासिक सन्देश सभा सम्पन्न भएपछि सबै नेता तथा कार्यकर्ताहरू थप संयमित, अनुशासित र जिम्मेवार भएर संगठन निर्माणको महाअभियानमा होमिनुपर्ने धारणा व्यक्त गर्नुभयो।


यो छलफलले पुस ५ को प्रदेश स्तरीय सभाका लागि आवश्यक जिम्मेवारी बाँडफाँड समेत गरेको छ।

Share

50

Comments1

Please sign in to comment

No comments yet. Be the first to comment!

Nepali Communist Party, Chaunrideurali RM