दुर्लभ थापा, नाम जस्तै व्यक्तित्व पनि दुर्लभ।

Shine news
17 days ago
692 views
0 comments
3 shares
दुर्लभ थापा, नाम जस्तै व्यक्तित्व पनि दुर्लभ। - Image 1

✒️किरण खड्का

भदौ २३–२४ को जेन्जी आन्दोलनका क्रममा करिब १२:०० बजे उहाँलाई भेट्दा उहाँको अनुहारमा गम्भीर चिन्ता देखिन्थ्यो। न उहाँको घर जलेको थियो, न सम्पत्ति नष्ट भएको थियो; तर उहाँले देश जलेको अनुभूति गर्नुभएको थियो, जस्तै हामी सबैले देख्यौँ।

एकातिर भक्तपुरमा निर्माण हुँदै गरेको नेपाली कांग्रेस पार्टी कार्यालय, अर्कोतिर जलिरहेको देश र पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरूका जलेका घर–सम्पत्ति… त्यही कठिन क्षणमा पनि थापा आज जस्तै हिजो पनि बलिया रहनुभयो। उहाँले घर मात्रै जोगाउनुभएको होइन, कांग्रेसको प्रतिष्ठा जोगाउनुभयो; निर्माणाधीन नव–निर्मित पार्टी कार्यालय जोगाउनुभयो; उपनिर्वाचनमा कृष्णलाल भडेललाई विजयी गराउनुभयो; र गत निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ जिताएर भक्तपुरलाई विजयदिलाउनुभयो।

आज उहाँका सपनाहरू मूर्त रूप पाएका छन्—नेपाली कांग्रेस भक्तपुर पार्टी कार्यालय बनेर उभिएको छ, सुरक्षित छ।


नेपाली कांग्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापा प्रती मेरो हार्दिक सम्मान र धन्यवाद।

जय नेपाल।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!