एक भेट,

Shine news
15 days ago
302 views
0 comments
4 shares
एक भेट, - Image 1

विद्यार्थी राजनीतिबाट संघर्षको यात्रा आरम्भ गरी पार्टीभित्र चरणबद्ध रूपमा विभिन्न जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै आज नेपाली कांग्रेसको कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी सम्हाल्नुभएका नेता पुर्ण बहादुर खड्का ज्यु नेपाली कांग्रेसको संगठन, विचार र संस्कारका एक भरोसायोग्य प्रतिनिधि हुनुहुन्छ ।


स्वर्गीय सन्तनेता किशुन जीको राजनीतिक दर्शनबाट दीक्षित खड्का ज्युमा सिद्धान्तप्रतिको निष्ठा, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्ताप्रतिको आत्मीयता स्पष्ट देख्न सकिन्छ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा ज्युको विश्वासपात्र एवं दीर्घकालीन सहयात्रीका रूपमा उहाँले कठिन राजनीतिक परिस्थितिहरूमा समेत पार्टीलाई एकताबद्ध राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।


सरकारको मन्त्रीका रूपमा रहँदा उहाँले जिम्मेवारीलाई पद होइन, सेवाको अवसरका रूपमा ग्रहण गर्नुभएको देखियो । मन्त्रालय सम्हाल्दा नीतिगत स्पष्टता, निर्णयमा दृढता र कार्यान्वयनमा सरलता उहाँका विशेषता बने । त्यसैले उहाँको कार्यशैली केवल पार्टीभित्र मात्र होइन, आम नागरिकका बीचमा पनि प्रशंसित रह्यो ।


हालै सुरुवात हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका सन्दर्भमा उहाँसँग भएको भेटवार्ता र समसामयिक कुराकानीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, पुस्तान्तरण र संगठन सुदृढीकरणप्रतिको उहाँको स्पष्ट दृष्टिकोण झल्काएको छ । महाधिवेशनलाई उहाँले केवल नेतृत्व चयनको प्रक्रिया होइन, पार्टीलाई आगामी चुनौतीका लागि तयार गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुभएको पाइयो ।


आसन्न निर्वाचनका विषयमा उहाँको धारणा प्रस्ट थियो कि नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका, लोकतान्त्रिक मूल्य र जनताप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै जनताको भरोसा पुनः जित्नुपर्छ । गठबन्धन होस् वा प्रतिस्पर्धा, सबै निर्णय संस्थागत विधिबाट, पार्टीको हित र देशको आवश्यकता केन्द्रमा राखेर हुनुपर्छ भन्ने उहाँको स्पष्ट अभिव्यक्ति कांग्रेस संस्कारकै प्रतिबिम्ब हो ।


सरल, सहज र संवादमुखी स्वभावका नेता पुर्ण बहादुर खड्का ज्यु कार्यकर्ताका सुख–दुःखमा सधैं साथ रहने नेता हुनुहुन्छ । सत्ता र पदभन्दा संगठन, विचार र कार्यकर्तालाई प्राथमिकतामा राख्ने उहाँको राजनीतिक आचरण आजको संक्रमणकालीन राजनीतिमा अझै सान्दर्भिक र प्रेरणादायी छ ।


नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीलाई वर्तमान चुनौतीबाट पार लगाउन अनुभव, धैर्य र सिद्धान्तको संयोजन आवश्यक छ । ती सबै गुण समेटिएका नेता पुर्ण बहादुर खड्का ज्यु पार्टीका लागि मात्र होइन, नेपाली लोकतन्त्रका लागि पनि भरोसायोग्य नेतृत्वका रूपमा स्थापित हुनु भएको छ ।


जय नेपाल 🇳🇵

Share

4

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!