एशियन क्यानोईंग बिजेतालाई मन्त्रीको बधाई

नोभेम्बर शेरा
12 days ago
275 views
0 comments
0 shares
एशियन क्यानोईंग बिजेतालाई मन्त्रीको बधाई - Image 1

काठमाडौं । चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिएका छन् ।

मंगलबार लैनचौरस्थित टेबुलटेनिस हलमा पदक विजेता कृष्ण खड्का र रञ्जन कँडेललाई मन्त्री गुप्ताले बधाई दिएका हुन् ।

एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिएका मन्त्री गुप्ताले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना प्रदान गरे ।

कार्यक्रममा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति रहेको थियो ।

नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले दुई पदक जितेको थियो । कृष्णले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जितेका थिए । यस्तै रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक हात पारेका थिए । पदक बिजेता खेलाडि भन्छन् ओलम्पिक कमिटि महासचिब राजिब श्रेष्ठको नेतृत्वमा रहेको नेपाल र्याफटिङ एण्ड क्नोईङ संघको अध्यक्ष सम्हाले देखी खेलाडिहरुले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागीताको अबसरहरु पाएको र देशलाई पदक पनी दिलाउन सफल भएको छ।यस अघी नेपाल बक्सिङ संघ पनी सम्हालेका श्रेष्ठले नेपाली बक्सिङको बिकास र बिस्तारमा तारिफ योग्य काम गरेका थिए।उनी भन्छन् खेलाडिले खेल खेल्न पाउनु उनीहरुको अधिकार हो, अहिले त्यो अधिकार हनन् गर्न बिभिन्न ब्यक्तिहरुले षड्यन्त्र गर्दै छन्। जस्का कारण अहिले खेलमैदानमा भन्दा अदालतामा खेलकुद धेरै भईरहेको छ, मन्त्री ज्युले यस्को निकास चाँडै निकालेर नेपाल ओलम्पिक कमिटिलाई काम गर्न दिए खेलाडि न्याय पाउनेछन्।




Share

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

नोभेम्बर शेरा