गोदावरीमा राष्ट्रव्यापी मेयर कप कराते प्रतियोगिता सुरु

Shine news
9 days ago
556 views
0 comments
5 shares
गोदावरीमा राष्ट्रव्यापी मेयर कप कराते प्रतियोगिता सुरु - Image 1

ललितपुर, पुस १८

ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा '८ औं राष्ट्रव्यापी मेयर कप कराते प्रतियोगिता २०८२' भव्यताका साथ सुरु भएको छ। आईकेएफ (IKF) ब्रान्ड चिफ जय देसारको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन रहनुभएको थियो। कार्यक्रममा उपमेयर मुना अधिकारी, चापागाउँ वृत्तका डीएसपी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

​प्रतियोगिताको मुख्य विशेषताको रूपमा देशभरका विभिन्न जिल्ला र डोजोहरूबाट आएका १५० भन्दा बढी टिमहरूको ठुलो सहभागिता रहेको छ। खेललाई निष्पक्ष र व्यवस्थित बनाउन मुख्य रेफ्रीको भूमिकामा जयराम भुलुनयुवराज जिम्बा,रितेश राना मगर रहनुभएको छ। महिला तथा पुरुष दुवै विधाका खेलाडीहरूले खुल्ला क्योकुशिन कराते अन्तर्गत आफ्नो उत्कृष्ट कला र साहस प्रदर्शन गरिरहेका छन्।

​मैदानमा खेल प्रेमी दर्शकहरूको बाक्लो उपस्थितिले प्रतियोगितामा थप रौनक थपेको छ। नेपाल फुल-कन्ट्याक्ट इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउन्डेसन (IKF) को आयोजना र सेन्ट्रल डोजोको संयोजनमा सञ्चालित यो प्रतियोगिताले नेपालमा मार्सल आर्ट्सको विकास र नयाँ प्रतिभा पहिचानमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Share

5

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!