इजरायलबाट फर्किएका दुई युवा बने शाखा अधिकृत

Shine news
11 days ago
273 views
0 comments
1 shares
इजरायलबाट फर्किएका दुई युवा बने शाखा अधिकृत - Image 1

काठमाडौँ: 'सिक्दै कमाउँदै' कार्यक्रम अन्तर्गत इजरायल पुगेका दुई युवाले नेपाल फर्किएर लोकसेवामा सफलता हासिल गरेका छन्। दुई वर्षअघि इजरायल गएका अर्जुन गिरी र सौरभ कुमार झा त्यहाँको असहज परिस्थितिका कारण एक महिनामै उद्धार भई स्वदेश फर्किएका थिए।

​नेपाल फर्किएपछि निराश नभई उनीहरू कीर्तिपुरमा सँगै बसेर लोकसेवाको तयारीमा जुटेका थिए। निरन्तरको मेहनतपछि उनीहरू दुवै जना एकैसाथ शाखा अधिकृत पदमा उत्तीर्ण हुन सफल भएका छन्। उनीहरूको यो सफलताले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

Share

1

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!