​झापा ५ बाट प्रतिनिधिसभामा रञ्जित तामाङको नाम एक नम्बरमा सिफारिस

Shine news
14 days ago
761 views
0 comments
2 shares
​झापा ५ बाट प्रतिनिधिसभामा रञ्जित तामाङको नाम एक नम्बरमा सिफारिस - Image 1

​✍️ किशोर मगर

जनयुद्ध कालदेखि नै विद्यार्थी आन्दोलनमा पूर्वी मोर्चाहरूको सफल कमाण्ड गर्दै अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी सम्हाल्नुभएका रञ्जित तामाङ झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ।

​नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज समेत रहनुभएका प्रखर वक्ता तामाङलाई आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि १ नम्बरमा सिफारिस गरिएको हो। विद्यार्थी राजनीतिबाट स्थापित नेता तामाङको वैचारिक स्पष्टता र संगठनात्मक कुशलताका कारण पार्टीले उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र (झापा ५) मा सशक्त उम्मेदवारको रूपमा अघि सारेको बुझिएको छ। उनको यो उम्मेदवारीले झापाको चुनावी माहोलमा युवा नेतृत्वको प्रभाव अझ बढ्ने अपेक्षा गरिएको छ।

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!