काङ्ग्रेस नेतृत्व बिधानको बाटोमा हिंड्नुपर्छ - सभापति रावल।

Shine news
7 days ago
391 views
0 comments
7 shares
काङ्ग्रेस नेतृत्व बिधानको बाटोमा हिंड्नुपर्छ - सभापति रावल। - Image 1

नेपाली काङ्ग्रेस बाजुराका सभापति रामसिंह रावलले केन्द्रीय नेतृत्व लाई बिधान सम्वत हिड्न अनुरोध गर्नुभएको छ।नेपाली काङ्ग्रेसको १५ औ महाधिवेशनको सन्दर्भमा सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै नेपाली काङ्ग्रेस देशको सबैभन्दा ठूलो शक्ति हो।लाखौं कार्यकर्ताको मनोभावना लाई नेतृत्वले गुमराह राख्ने कुरा मान्य हुदैन।१५ औ महाधिवेशनको कार्यतालिका वडा तहको अधिबेशनको समय सिमा नाघिसकेकोले केन्द्र बाट जिल्ला तहमा कुनै निर्देशन नआउदा काङ्ग्रेसको नेतृत्व माथी प्रश्न उठाएका छ्न ।बिधानतह काङ्ग्रेसको महाधिवेशन हुन नसक्दा ,बिधानमा भएको ब्यबस्था लाई नेतृत्वले अनदेखा गर्नु पार्टीको हित मा हुदैन।अहिले भैरहेको काङ्ग्रेसको द्वन्द बिधान मान्ने र बिधान नमान्ने बिच रहेकोले बिधान बिपरितका गतिविधि ,कार्यसम्पादन काङ्ग्रेस को हितमा नभएकोले काङ्ग्रेसले विधिबिधान को बाटोमा हिड्न् नेतृत्व लाई आग्रह गर्नुभएको छ।नेपाली काङ्ग्रेस लाखौं नेता कार्यकर्ता को रगत पसिना बाट बनेको पार्टी रहेकाले कार्यकर्ता लाई दास मानसिकता बाट सोच्न नहुने तर्क गर्नुभएको छ।काङ्ग्रेसको कार्यतालिका अनुसार जिल्ला ,पालिका,वडा तहमा आम कार्यकर्ता आफ्नो जिम्मेवारी मा लागेको अबस्थामा केन्द्रिय नेतृत्वले निर्णय

कार्यन्वयन नगरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ।नेपाली काङ्ग्रेसले इतिहासका हरेक कालखण्डमा स्वतन्त्रता र नेपाल देशको बिकास ,लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अतुलनीय योगदान गरेको स्मरण गर्दै अहिले देशमा भएको राजनीतिक समस्याको नेतृत्व पनि काङ्ग्रेसले गर्नुपर्ने आजको आबश्यकता हो।काङ्ग्रेसले आम कार्यकर्ता , सुभेच्छुक, सुभचिन्तक, राष्ट्रिय ,अन्तर्राष्ट्रिय शक्तिहरुको भरोसा लाई काङ्ग्रेसले नजरअन्दाज गर्न नहुने र यथासिघ्र समाधानको बाटोमा लाग्नुपर्ने तर्क राखेका छ्न।

नेपाली काङ्ग्रेस बाजुराका सभापति रावल कुशल संगठक , पार्टीमा लामो समय त्याग ,बलिदान ,निष्ठावान नेताका रुपमा परिचित छ्न।सामाजिक संजालमा राखेको अभिव्यक्ति लाई पार्टीका नेताकार्यकर्ताले समर्थन जनाएका छ्न।


नेपाली कांग्रेसको विधान २०१७ को संशोधन धारा १७ को उपधारा १ पार्टीको केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुनेछ। उपधारा २ केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मिति २०८२ मंसिर १५ गतेको बैठकले १५ औं महाधिवेशनलाई पौष १६ गते वडा अधिवेशन देखि पौष २६ र २८ गते १५औं महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरिएकोमा १६ गते वडा अधिवेशन गर्ने गरी कार्य भएको छैन र अर्को सूचना पनि प्रकाशित गरिएको छैन।

अब सवाल आयो विधानको पालना गर्ने र नगर्ने बीचको द्वन्द र निर्णयलाई कार्यान्वयन गर्ने र नगर्ने बीचको मतभेद नेपाली कांग्रेसका लागि गम्भीर विषय भएको छ। विधानको पालना नगर्ने हो भने कसैलाई पदाधिकारी मानिराख्नु जरुरी छैन

मनलागी गर्नु विधान विपरीत हो र यस्तो गलत मनसायले गरिएको कार्य कार्यान्वयन कसले गर्छ यो गम्भीर विषय हो। लाखौं लाख कांग्रेसलाई दास बनाउने मनसायको आपत्ति छ।

यथाशीघ्र निकासका लागि उपयुक्त कदम चाल्नु आजको आवश्यकता हो।

Share

7

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!