कार्यकर्ताहरुकै सहभागिता , लगानी र पसिनाबाट भक्तपुरमा काङ्रेसको भब्य कार्यलय ।

Shine news
17 days ago
462 views
0 comments
8 shares
कार्यकर्ताहरुकै सहभागिता , लगानी र पसिनाबाट भक्तपुरमा काङ्रेसको भब्य कार्यलय । - Image 1

✒️साजन देउजा, केन्द्रीय सदस्य,नेविसंघ

​भक्तपुर, पुस १० नेपाली कांग्रेस भक्तपुरले आफ्नै स्रोत र साधनको परिचालन गरी सुविधासम्पन्न पार्टी कार्यालय निर्माणको कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ। जिल्ला सभापति दुर्लभ थापाको विशेष पहल तथा कांग्रेसका नेता र कार्यकर्ताहरूको उत्साहजनक सहयोगमा यो ४ तले भवन निर्माण भएको हो।

​भवन निर्माणका बारेमा जानकारी दिँदै सभापति थापाले यो भवन कुनै पनि संघसंस्था वा सरकारी निकायको सहयोग बिना, विशुद्ध कांग्रेसकै निष्ठावान कार्यकर्ताहरूको स्वैच्छिक आर्थिक सहयोगबाट जग्गा खरिद गरी निर्माण गरिएको बताउनुभयो। "यो भवन कांग्रेसप्रतिको जनअगाध आस्था र कार्यकर्ताको त्यागको प्रतीक हो," थापाले भन्नुभयो।

​भवनको निर्माण कार्य अन्तिम चरणमा पुगे तापनि फिनिसिङ र व्यवस्थापनका लागि थप खर्च आवश्यक रहेकोले सभापति थापाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पुनः खुला हृदयले सहयोग गर्न अपिल गर्नुभएको छ। सहयोग गर्ने व्यक्तित्वहरूको सम्मानस्वरूप उहाँहरूको नाम भवनमा राखिने शिलालेखमा स्वर्ण अक्षरले कुँदिने जानकारी समेत दिइएको छ।

​नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनको ऐतिहासिक अवसर पारेर सो भव्य भवनको उद्घाटन गरिने लक्ष्य राखिएको छ। आफ्नै लगानीमा निर्माण भएको यो कार्यालयले आगामी दिनमा पार्टीका गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

Share

8

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!