खैरेनीका ७८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Shine news
13 days ago
499 views
0 comments
3 shares
खैरेनीका ७८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण - Image 1

ललितपुरको वाग्मती गाउँपालिका-४, प्युटारस्थित श्री खैरेनी आधारभूत विद्यालयका ७८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। लोकेश्वर मिडिया सर्भिसका प्रबन्धक श्याम तामाङको संयोजन तथा जापानमा कार्यरत समाजसेवी शोभा ग्लान र दक्षिण कोरियामा कार्यरत समाजसेवी रामबहादुर थिङ तामाङको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो।

​सोमबार आयोजित समारोहमा विद्यार्थीहरूलाई कपी, डटपेन, पेन्सिल र स्केल लगायतका सामग्री वितरण गरियो। साथै, १० जना शिक्षक तथा कर्मचारीलाई सल र गलबन्दी प्रदान गरियो।

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान ग्लान तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामकुमार लामा प्रमुख अतिथि र वडा सदस्य राकेश लामा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विद्यार्थीहरूलाई नियमित विद्यालय जान प्रोत्साहित गर्न यो सहयोग गरिएको शिक्षक दिनेश बजगाईले बताउनुभयो।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!