​कोन्ज्योसोममा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने

Shine news
13 days ago
277 views
0 comments
1 shares
​कोन्ज्योसोममा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने - Image 1

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर र कोन्ज्योसोम गाउँपालिकाको संयुक्त आयोजनामा आगामी २०८२ पौष १६ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना हुने भएको छ। कोन्ज्योसोम गाउँपालिकाको कार्यालय, चौघरेमा आयोजना हुने यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सेवा प्रवाह, सुशासन र जवाफदेहिता अभिवृद्धि गर्नु रहेको छ।

​कार्यक्रममा नागरिकहरूले प्रशासन र स्थानीय सरकारबाट प्राप्त हुने सेवाबारे आफ्ना गुनासा, सुझाव र जिज्ञासाहरू प्रत्यक्ष रूपमा राख्न पाउनेछन्। सरकारी निकायहरूलाई जनताप्रति उत्तरदायी बनाउन र पारदर्शी शासन व्यवस्था कायम गर्न यो कार्यक्रम महत्वपूर्ण अवसर हुने आयोजकले जनाएका छन्। आयोजक निकायहरूले कोन्ज्योसोमका सम्पूर्ण आम नागरिकहरूलाई कार्यक्रममा सहभागी भई आफ्ना भनाइहरू राख्न हार्दिक निमन्त्रणा गरेका छन्।

Share

1

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!