कसमस इन्जिनियरिङ्ग कलेजमा नेविसंघको अधिवेशन सम्पन्न,

काठमाडौँ, पुस १७ ।
काठमाडौँस्थित कसमस कलेज अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को ९औँ इकाई अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। इकाई सभापति एवं निवर्तमान सभापति राहुल पुनको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनले अनिस रावतलाई सर्वसम्मत रूपमा नयाँ सभापतिमा चयन गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसंघका पूर्व केन्द्रीय सदस्य शारदा लामा प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेविसंघका केन्द्रीय सदस्यहरू विशाल खड्का, राजेन्द्र साउद र बिजय फुलाराको उपस्थिति रहेको थियो।
निवर्तमान सभापति राहुल पुनले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। नवनिर्वाचित सभापति रावतले कलेजका विद्यार्थीहरूको समस्या समाधान र हकहितका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो। अधिवेशनले संगठनलाई थप चलायमान बनाउने विश्वास लिइएको छ।