लाजिम्पाटबाट होन्डा युनिकर्न मोटरसाइकल चोरी, फेला पार्नेलाई उचित पुरस्कारको घोषणा

काठमाडौं, पुस १३ ।
काठमाडौंको लाजिम्पाटस्थित एक घरबाट पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको छ। मिति २०८२/०९/०८ गते घरको परिसरबाटै बा ०२–३० प २०४६ नम्बरको कालो रङको Honda Unicorn मोटरसाइकल चोरी भएको हो।
मोटरसाइकल चोरी गर्दै गरेको दृश्य नजिकैको सीसीटीभी (CCTV) क्यामेरामा कैद भएको सवारीधनीले बताएका छन्। फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले चोरको खोजी कार्य तीव्र पारेको छ।
सवारीधनीले उक्त हुलिया भएको व्यक्ति वा मोटरसाइकल कतै देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४३५६०६३३ र ९८६०८८५५४० मा खबर गरिदिन अनुरोध गरेका छन्। सही सूचना दिएर मोटरसाइकल फेला पार्न सहयोग गर्ने व्यक्तिलाई आकर्षक पुरस्कार समेत प्रदान गरिने घोषणा गरिएको छ।