​ललितपुर कांग्रेस क्षेत्र नं ३ मा उत्साह: १५१३ नयाँ क्रियाशील सदस्य थपिए

Shine news
13 days ago
716 views
0 comments
3 shares
​ललितपुर कांग्रेस क्षेत्र नं ३ मा उत्साह: १५१३ नयाँ क्रियाशील सदस्य थपिए - Image 1

ललितपुर । नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक सहभागिता देखिएको छ। क्षेत्रीय सभापति महेश्वर थापाका अनुसार यस क्षेत्रबाट नयाँ क्रियाशील सदस्यताका लागि १५१३ जनाको आवेदन दर्ता भएको छ।

​पार्टीको आगामी १५औँ महाधिवेशनको तयारी र संगठन विस्तारलाई प्राथमिकता दिँदै सभापति थापाले नयाँ सदस्यहरूलाई स्वागत गर्नुभएको छ। उहाँले नवआगन्तुक साथीहरूको आगमनले क्षेत्रमा पार्टीको जग अझ बलियो हुने र लोकतन्त्रको रक्षाका लागि नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो। "पार्टीप्रति युवा र आम नागरिकको यो आकर्षणले कांग्रेसको भविष्य अझ उज्ज्वल रहेको संकेत गर्छ," थापाले भन्नुभयो। आवेदन परेका सबै सदस्यहरूसंगठनमा सक्रिय हुन अपिल गरिएको छ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!