ललितपुर कांग्रेसको आक्रोश: तीन सभापतिको एउटै स्वर – 'हाम्रो प्रतिनिधित्व खोइ?

Shine news
11 days ago
1041 views
0 comments
7 shares
ललितपुर कांग्रेसको आक्रोश: तीन सभापतिको एउटै स्वर – 'हाम्रो प्रतिनिधित्व खोइ? - Image 1

ललितपुर, १६ पुस ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा ललितपुर जिल्लाको प्रतिनिधित्व शून्य बनाइएको भन्दै जिल्लाका तीनै जना क्षेत्रीय सभापतिहरूले कडा आपत्ति जनाएका छन्।

​पार्टी नेतृत्वले जिल्लाको भूगोल र कार्यकर्ताको योगदानलाई अवमूल्यन गरेको ठहर गर्दै ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दर तामाङ, क्षेत्र नं. २ का सभापति महेश खड्का र क्षेत्र नं. ३ का सभापति महेश्वर थापाले संयुक्त रूपमा विरोधको नेतृत्व गर्ने घोषणा गर्नुभएको छ। ललितपुरका तीनवटै निर्वाचन क्षेत्रबाट एक जना पनि उम्मेदवार नसमेटिनुले जिल्लाभरका कांग्रेस कार्यकर्तामा निराशा र आक्रोश पैदा गरेको छ।

​केन्द्रको यो विभेदकारी निर्णय सच्याउन र ध्यानाकर्षण गराउन भोलि पुस १७ गते दिउँसो १२:३० बजे तीनै सभापतिको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। यो लडाइँ सिंगो ललितपुरको न्यायका लागि भएको बताउँदै सबै कार्यकर्तालाई उपस्थित हुन आह्वान गर्नुभएको छ।

​सभापतिहरू तामाङ, खड्का र थापाले केन्द्रको यस कदमले आगामी निर्वाचनमा समेत नकारात्मक असर पर्न सक्ने भन्दै तुरुन्तै सच्याउन माग गरेका छन्।

Share

7

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!