ललितपुर महानगरपालिका वडा नं. १४ मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने

Shine news
16 days ago
268 views
0 comments
2 shares
ललितपुर महानगरपालिका वडा नं. १४ मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने - Image 1

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १४ कार्यालयको आयोजनामा आगामी पुस १७ गते बिहीबार एक दिने वृहत् 'नि:शुल्क स्वास्थ्य शिविर' आयोजना हुने भएको छ ।

​वडा अध्यक्ष अमृत जंग महतका अनुसार वडाबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै वडा स्वास्थ्य कार्यान्वयन समितिको समन्वय र काठमाडौँ मेडिकल कलेज (KMC) को प्राविधिक सहयोगमा यो शिविर सञ्चालन गर्न लागिएको हो ।

​तिक्हेदेवलस्थित सामुदायिक भवनमा हुने उक्त शिविर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ ।

शिविरमा पाइने सुविधाहरू:

शिविरमा विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिने अध्यक्ष महतले जानकारी दिनुभयो । शिविरमा निम्न सेवाहरू नि:शुल्क उपलब्ध हुनेछन्:

  1. विशेषज्ञ सेवा: स्त्री रोग, बाल रोग, नाक-कान-घाँटी, आँखा, दन्त रोग र हाडजोर्नी सम्बन्धी जाँच ।
  2. परामर्श: जनरल मेडिसिन तथा जनरल शल्यक्रिया सम्बन्धी परामर्श ।
  3. प्राविधिक सेवा: ई.सी.जी. (ECG) र भिडियो एक्स-रे ।
  4. ल्याब परीक्षण: सुगर, यूरिया, यूरिक एसिड, रगत (HB) र पिसाबको जाँच ।

​अध्यक्ष महतले स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म जान समय र खर्च अभाव भएका वडाबासीहरूलाई आफ्नै पायक पर्ने स्थानमा आएर स्वास्थ्य लाभ लिन विशेष आग्रह गर्नुभएको छ । "हाम्रो लक्ष्य भनेकै स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउनु हो," उहाँले भन्नुभयो ।

​शिविर सम्बन्धी थप जानकारीका लागि वडा कार्यालयको फोन नं. ०१-५१७०१०७ वा ९८५१०९२४८४ मा सम्पर्क गर्न सकिनेछ

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!