ललितपुरमा प्रथम बोम्जन समाजको भेला हुने

Shine news
8 days ago
136 views
0 comments
6 shares
ललितपुरमा प्रथम बोम्जन समाजको भेला हुने - Image 1

ललितपुर। ललितपुर जिल्लाका बोम्जन समुदायलाई एकजुट बनाउने उद्देश्यले आगामी पौष २६ गते 'प्रथम ललितपुर बोम्जन समाज' को विशेष भेला आयोजना हुने भएको छ। गोदावरी नगरपालिका–१०, टाहाखेलस्थित हिमशिखर पार्टी प्यालेसमा यो कार्यक्रम तय गरिएको छ।

​समाजका अगुवा, पूर्व प्रधानाध्यापक तथा दक्षिणी ललितपुरका प्रथम एसएलसीकर्ता श्री वेदबहादुर बोम्जनले यस भेलाको संयोजन गरिरहनुभएको छ। उहाँले सम्पूर्ण बोम्जन दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो पहिचान र सामाजिक एकताका लागि अनिवार्य उपस्थित हुन हार्दिक अनुरोध गर्नुभएको छ।

​जातीय एकता र सामाजिक विकासका विषयमा छलफल हुने यस कार्यक्रमबारे थप जानकारीका लागि ९८४१७६९९१७ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

Share

6

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!