मिर्गौला पीडित अम्बर बहादुर तामाङद्वारा जीवन रक्षाका लागि अपिल

Shine News
20 days ago
506 views
0 comments
8 shares
मिर्गौला पीडित अम्बर बहादुर तामाङद्वारा जीवन रक्षाका लागि अपिल - Image 1

काठमाडौँ । ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत अम्बर बहादुर तामाङले आफ्नो जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गरेका छन्।

​विगत केही समयदेखि दुवै मिर्गौला फेल भई अस्पतालमा जीवन–मृत्युको संघर्ष गरिरहेका तामाङलाई चिकित्सकले नियमित डायलाइसिस र थप उपचारको सल्लाह दिएका छन्। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचार खर्च धान्न कठिन भएपछि उनले सम्पूर्ण नेतागण, साथीभाइ र सहयोगी मनहरूसँग गुहार मागेका हुन्।

​"मेरो आर्थिक अवस्थाले उपचार खर्च धान्न सक्ने स्थिति छैन, तपाईंहरूको सानो सहयोगले मलाई नयाँ जीवन दिन सक्छ," उनले पीडाका साथ याचना गरेका छन्।

​सहयोगका लागि बैंक विवरण:

​बैंकको नाम: प्रभु बैंक (Prabhu Bank)

​खातावालाको नाम: अम्बर बहादुर तामाङ (Ambar Bahadur Tamang)

​खाता नम्बर: 2640225578200012

​सहयोगी मनहरूले माथि उल्लेखित खातामा सिधै रकम जम्मा गरेर वा उपलब्ध क्यूआर कोड (QR Code) स्क्यान गरेर सहयोग गर्न सक्नुहुनेछ।

Share

8

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!