मंसिर महिनामा नेपाल प्रहरीद्वारा ४० करोड २५ लाख रुपैयाँ राजस्व संकलन

Shine news
14 days ago
135 views
0 comments
3 shares
मंसिर महिनामा नेपाल प्रहरीद्वारा ४० करोड २५ लाख रुपैयाँ राजस्व संकलन - Image 1

काठमाडौँ। नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनामा मात्रै कुल रु. ४० करोड २५ लाख ४९ हजार ९ सय ६५ राजस्व संकलन गरेको छ। विभिन्न अवैध गतिविधि नियन्त्रण र कानुनी कारबाहीका क्रममा यो रकम सरकारी कोषमा दाखिला गरिएको हो।

संकलित राजस्वको मुख्य विवरण:

  1. अवैध मालसामान बरामद: रु. १७ करोड ९५ लाख ३७ हजार ५७८ (४४.६१%)
  2. अदालती फैसला कार्यान्वयन: रु. १२ करोड ३७ लाख ४२ हजार ३४७ (३०.७४%)
  3. ट्राफिक कारबाही (जरिवाना): रु. ७ करोड १५ लाख २७ हजार ५५० (१७.७८%)
  4. अवैध सुन/चाँदी बरामद: रु. ८९ लाख ४५ हजार ६६० (२.२२%)
  5. स्रोत नखुलेको रकम: रु. ८५ लाख ९ हजार ८९४ (२.११%)
  6. हुण्डी कारोबार: रु. ६४ लाख ४३ हजार ३४४ (१.६०%)
  7. अन्य (काठ, खानी, पशु-पक्षी): रु. ३८ लाख ४३ हजार ५९२ (०.९४%)

​अघिल्लो महिना (कात्तिक) को तुलनामा मंसिरमा राजस्व संकलनमा झन्डै ६२ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!