नेपाल कमर्स क्याम्पसमा 'FSUNCC Fest – २०८२' आयोजना हुने

Shine news
11 days ago
423 views
0 comments
5 shares
नेपाल कमर्स क्याम्पसमा 'FSUNCC Fest – २०८२' आयोजना हुने - Image 1

काठमाडौं, पुस १६ । त्रिभुवन विश्वविद्यालयको जेठो आङ्गिक क्याम्पस, नेपाल कमर्स क्याम्पस (मिनभवन) मा भोलि बिहीबार 'FSUNCC Fest – २०८२' भव्य रूपमा आयोजना हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा हुन लागेको यस महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

​स्ववियु अध्यक्ष विशाल रोकाहाका अनुसार महोत्सव भोलि बिहान ९ बजेदेखि क्याम्पस प्राङ्गणमा सुरु हुनेछ। कार्यक्रममा क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी, अध्ययनरत विद्यार्थीका साथै पूर्व विद्यार्थी र सरोकारवालाहरूलाई निमन्त्रणा गरिएको छ।

​महोत्सवमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विभिन्न रचनात्मक र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने बताइएको छ। ​कार्यक्रमको व्यवस्थापन र समन्वयबारे जानकारी दिँदै स्ववियु सचिव ज्ञानु दाहालले विद्यार्थीहरूको चौतर्फी विकास र आपसी सम्बन्ध प्रगाढ बनाउन यो महोत्सव कोशेढुङ्गा सावित हुने बताउनुभयो।त्यस्तै, स्ववियु कोषाध्यक्ष सुशील खड्काले महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आवश्यक सबै व्यवस्थापकीय तथा आर्थिक पक्षहरूको तयारी सकिएको जानकारी दिनुभयो। कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि आयोजकले सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

Share

5

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!