नेपाल कमर्स क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

Shine news
18 days ago
998 views
0 comments
6 shares
नेपाल कमर्स क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न - Image 1

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल कमर्स क्याम्पस एकाइको आयोजना तथा एभरेष्ट अस्पताल, नयाँ बानेश्वरको प्राविधिक सहयोगमा क्याम्पस प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

​कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी करिब २०० जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै रक्तदानमा सहभागी जनाएका थिए। शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथै नाक, कान, घाँटी, आँखा र दाँतको विशेष जाँच गरिएको थियो।

​कार्यक्रमका प्रमुख अतिथि नेविसंघ काठमाडौँ जिल्ला सभापति अन्शुल केसीले विद्यार्थीहरूको स्वास्थ्य संवेदनशीलताप्रति नेविसंघले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा काठमाडौँ क्षेत्र नं. १ का तरुण दलका नेता मञ्जिल हमाल र क्याम्पस साइक प्रमुख कपिल शाहको उपस्थिति रहेको थियो।

​कार्यक्रममा स्ववियु सचिव ज्ञानु दाहाल र स्ववियु कोषाध्यक्ष सुशील खड्काले समेत ऐक्यबद्धता जनाउनुभएको थियो। उक्त कार्यक्रम नेविसंघ नेपाल कमर्स क्याम्पस एकाइका कार्यवाहक सभापति हरीश पनेरुको सभापतित्वमा सम्पन्न भएको थियो।

​यस किसिमका सामाजिक गतिविधिले विद्यार्थीहरूमा पढाइका अतिरिक्त सामाजिक उत्तरदायित्वको भावना समेत विकास गर्ने विश्वास आयोजकले लिएको छ।

Share

6

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!