नेपाल मेडिकल काउन्सिल निर्वाचन: डा. योवीन, डा. सारिका, डा. दीपेन्द्र र डा. छवि लाल विजयी

Shine news
12 days ago
297 views
0 comments
7 shares
नेपाल मेडिकल काउन्सिल निर्वाचन: डा. योवीन, डा. सारिका, डा. दीपेन्द्र र डा. छवि लाल विजयी - Image 1

नेपाल मेडिकल काउन्सिल (NMC) को रिक्त सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त परिणाम अनुसार सदस्य पदमा डा. योवीन कुमार यादव, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे र डा. छवि लाल पन्थी निर्वाचित हुनुभएको छ।

​चिकित्सकहरू बीच भएको यस कडा प्रतिस्पर्धामा डा. योवीन कुमार यादव (उम्मेदवार नं. ३३) ले "डिजिटल काउन्सिल: सरल सेवा, सहज प्रक्रिया" को एजेन्डा सहित मत प्राप्त गर्नुभएको छ। त्यसैगरी, "जिताऔं सारिका, बदलौँ तरिका" भन्ने नाराका साथ चुनावी मैदानमा रहनुभएकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सारिका गोइत (उम्मेदवार नं. २८) पनि सदस्य पदमा चुनिनुभएको छ।

​राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डे (उम्मेदवार नं. १२) ले "डक्टर-फ्रेन्डली काउन्सिल" निर्माण गर्ने प्रतिबद्धताका साथ विजय हासिल गर्नुभएको छ। यसैगरी, डा. छवि लाल पन्थी (उम्मेदवार नं. ७) पनि चिकित्सकहरूको विश्वास जित्दै काउन्सिलको सदस्य पदमा निर्वाचित हुनुभएको छ।पुस ४ र ५ गते उपत्यका बाहिर तथा पुस ११ र १२ गते काठमाडौं उपत्यका भित्र भएको यस मतदानमा देशभरका चिकित्सकहरूले उत्साहजनक सहभागिता जनाएका थिए। नवनिर्वाचित सदस्यहरूले काउन्सिललाई मर्यादित र प्रविधिमैत्री बनाउँदै चिकित्सकहरूका समस्या समाधानमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Share

7

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!