नेपाल मगर विद्यार्थी संघको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम ईलाममा सम्पन्न

Shine news
7 days ago
335 views
1 comments
4 shares
नेपाल मगर विद्यार्थी संघको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम ईलाममा सम्पन्न - Image 1

ईलाम बजार । नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समितिको "दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम" पर्यटकीय नगरी ईलाम बजारमा भव्यताका साथ सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजु पुन मगरको सभाध्यक्षतामा सम्पन्न उक्त बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राम बहादुर मगर मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।बैठकको अवसरमा विद्यार्थीहरूलाई सांगठनिक र वैचारिक रूपमा सबल बनाउन प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो। नेपाल मगर विद्यार्थी संघ, ईलामका संस्थापक अध्यक्ष एवं महेन्द्र रत्न क्याम्पसका प्राध्यापक एल.बी. लुङ्गेलीमगर र नेपाल मगर संघ, ईलामका अध्यक्ष ईश्वर लुङ्गेलीमगरले सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो।बैठकले खम्बुजंग बुढामगर र दिपक राना मगर लगायतका उर्जावान युवाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। संघको विधान र सांगठनिक आवश्यकतालाई ध्यानमा राख्दै देहाय बमोजिमका व्यक्तित्वहरूलाई जिम्मेवारी सुम्पिएको छ:

​१. मधेस प्रदेश:

​पुजा मगर (केन्द्रीय सदस्य एवं इन्चार्ज)

​रोशन मगर (केन्द्रीय सदस्य)

​२. लुम्बिनी प्रदेश:

​खम्बुजंग बुढामगर (केन्द्रीय सदस्य)

​राजन घर्ती मगर (केन्द्रीय सदस्य)

​३. विश्वविद्यालय/बाग्मती प्रदेश:

​दिपक राना मगर (केन्द्रीय सदस्य)

​केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता बिरेन्द्र मगरले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। प्रवक्ता मगरले भन्नुभयो, "नयाँ नेतृत्वको आगमनले मगर विद्यार्थी आन्दोलन र संघको उद्देश्य प्राप्तिका लागि थप उर्जा प्रदान गर्ने विश्वास लिएका छौँ।"

​यस बैठकले आगामी दिनमा मगर विद्यार्थीहरूको हकहित, भाषा-संस्कृति संरक्षण र शैक्षिक मुद्दाहरूलाई अझ सशक्त रूपमा उठाउने संकल्प समेत गरेको छ।

Share

4

Comments1

Please sign in to comment

No comments yet. Be the first to comment!