नेवि संघद्वारा नेपाल इन्जिनियरिङ्ग कलेजमा कार्यसमिति विस्तार

Shine news
7 days ago
285 views
0 comments
3 shares
नेवि संघद्वारा नेपाल इन्जिनियरिङ्ग कलेजमा कार्यसमिति विस्तार - Image 1

भक्तपुर, २० पुस २०८२ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) ले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेज (NEC) मा आफ्नो इकाई कार्यसमितिको विस्तार गरेको छ। संगठनलाई थप चलायमान र सुदृढ बनाउने उद्देश्यका साथ नयाँ पदाधिकारी र सदस्यहरू मनोनयन गरिएको हो।

​सार्वजनिक गरिएको सूची अनुसार, वरिष्ठ उप-सभापतिमा अनिल रावलउप-सभापतिहरूमा आयुष भट्ट, प्रयोजन झावाली, प्रतिक बस्नेत, निर्मल जंग शाह, युवराज दाहाल, सुडिस्ना खड्का, सर्वज्ञ राज कठायत, शिक्षा आचार्य र रितिक कुमार साह नियुक्त भएका छन्। यस्तै, सचिव पदमा पल्लव कार्की, प्रकाश सिंह र परेस बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ।

सह-सचिवहरूमा दिपेन्द्र थापा, सुजन गौतम, यस तामाङ र रामदेव यादव चुनिएका छन् भने कार्यसमिति सदस्यहरूमा सन्दिप थापा, कविल धामी, रीकेश यादव लगायतका विद्यार्थी नेताहरू मनोनित भएका छन्।

​कलेज इकाई अध्यक्ष पृथ्वी जंग थापाद्वारा हस्ताक्षरित सो पत्रमा मनोनित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै संघको विधि, विधान र मर्यादामा रहेर संगठनात्मक गतिविधि अगाडि बढाउन निर्देशन दिइएको छ। कार्यक्रममा विद्यार्थी एकता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात गर्दै शैक्षिक मुद्दाहरूमा सक्रिय रहने प्रतिबद्धता जनाइएको छ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!