नेविसंघ काठमाडौं विश्वविद्यालयको संयोजकमा इन्जिनियर शैलेश मिश्र

Shine news
12 days ago
274 views
0 comments
2 shares
नेविसंघ काठमाडौं विश्वविद्यालयको संयोजकमा इन्जिनियर शैलेश मिश्र - Image 1

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले इन्जिनियर शैलेश मिश्रलाई काठमाडौं विश्वविद्यालय (KU) को संयोजकको जिम्मेवारी सुम्पिएको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमार्फत मिश्रलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।

​नेविसंघको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम संगठनलाई गतिशील बनाउन र विश्वविद्यालयभित्र विद्यार्थी हकहितका लागि सक्रिय भूमिका खेल्ने अपेक्षासहित उनलाई यो पदमा मनोनयन गरिएको हो। नवनियुक्त संयोजक मिश्र हाल काठमाडौं विश्वविद्यालयमा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (Masters in Structural Engineering) तहमा अध्ययनरत छन्।

​लामो समयदेखि विद्यार्थी राजनीति र शैक्षिक मुद्दाहरूमा सक्रिय रहँदै आएका मिश्रले विद्यार्थीका अधिकार र समस्या समाधानका लागि सडकदेखि नीतिगत तहसम्म निरन्तर संघर्ष गर्दै आएका छन्। उनको नियुक्तिको खबरसँगै केयूका विद्यार्थी र नेविसंघका कार्यकर्ताहरूमा उत्साह थपिएको छ। मिश्रले संगठनको मर्यादाभित्र रहेर विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीका आवाजलाई थप सशक्त ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!