नेविसंघ काठमाडौंको विचार गोष्ठी: संविधान कार्यान्वयन र नागरिक अधिकारको रक्षामा जोड

Shine news
15 days ago
275 views
0 comments
3 shares
नेविसंघ काठमाडौंको विचार गोष्ठी: संविधान कार्यान्वयन र नागरिक अधिकारको रक्षामा जोड - Image 1

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं जिल्ला कार्यसमितिले ‘संविधान कार्यान्वयन र नागरिक अधिकार संरक्षणको संकल्प’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको आदर्शलाई आत्मसाथ गर्दै संघले समसामयिक राजनीतिक तथा संवैधानिक विषयमा छलफल गर्न लागेको हो।

​कार्यक्रम आगामी २०८२ पुस १३ गते आइतबार बिहान १०:३० बजे नयाँ बानेश्वरस्थित धन्यवाद ब्यांक्वेट (का.म.न.पा. वडा नं. १० कार्यालय नजिक) मा तय गरिएको छ। गोष्ठीमा संविधानको सफल कार्यान्वयनका चुनौती र नागरिकका मौलिक हकको रक्षाका लागि विद्यार्थी संगठनको भूमिकाबारे गहन विमर्श हुने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरू तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!