ने.वि.संघ निजगढद्वारा तेस्रो रक्तदान कार्यक्रम आयोजना

Shine news
17 days ago
404 views
0 comments
4 shares
ने.वि.संघ निजगढद्वारा तेस्रो रक्तदान कार्यक्रम आयोजना - Image 1

✒️दावा लामा (बम्जन अनिल)

निजगढ, बारा – नेपाल विद्यार्थी संघ (ने.वि.संघ) निजगढ नगर समितिले आगामी २०८२ पुष १२ गते, शनिबार का दिन तेस्रो रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। "सेवा नै धर्म हो" र "रक्तदान, जीवन दान" भन्ने पवित्र नाराका साथ यो मानवीय कार्य गर्न लागिएको हो।

​उक्त कार्यक्रम निजगढको शहिदचोकमा सञ्चालन हुनेछ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको आदर्श बोकेको संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्त अभावलाई न्यूनीकरण गर्न यो अभियान सुरु गरेको हो। आयोजकले सम्पूर्ण इच्छुक रक्तदाताहरूलाई कार्यक्रममा सहभागी भई अमूल्य रक्तदान गर्न हार्दिक आह्वान गरेको छ।

Share

4

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!