नेविसंघको केन्द्रीय सदस्यमा दुल्लु–३, दैलेखका शिशिर

Shine news
9 days ago
1224 views
0 comments
8 shares
नेविसंघको केन्द्रीय सदस्यमा दुल्लु–३, दैलेखका शिशिर - Image 1

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्यमा दैलेखका शिशिर कुमार कार्की मनोनयन भएका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संघको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम दुल्लु नगरपालिका वडा नं. ३, दैलेख निवासी कार्कीलाई रिक्त रहेको केन्द्रीय सदस्य पदमा जिम्मेवारी सुम्पिएका हुन् ।

​अध्यक्ष शेर्पाद्वारा जारी मनोनयन पत्रमा कार्कीले संघको विधि, विधान र मर्यादाभित्र रहेर संगठनलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ । कार्कीको आगमनले संगठनलाई थप सशक्त र उचाइमा पुर्‍याउने अपेक्षा सहित अध्यक्षले सफल कार्यकालको शुभकामना समेत दिएका छन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय कार्कीको यस मनोनयनले दैलेखका विद्यार्थी माझ उत्साह थपेको छ ।

Share

8

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!