नेविसंघको केन्द्रीय सदस्यमा सागर खत्री मनोनीत

Shine news
9 days ago
535 views
0 comments
9 shares
नेविसंघको केन्द्रीय सदस्यमा सागर खत्री मनोनीत - Image 1

​काठमाडौँ, १८ पुस ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य पदमा सागर खत्री मनोनीत हुनुभएको छ। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले खत्रीलाई संगठनको विधान २०२३ को सातौँ संशोधन २०७५ बमोजिम उक्त रिक्त पदमा मनोनयन गर्नुभएको हो।

​काठमाडौँ निवासी खत्रीलाई संगठनलाई गतिशील बनाउन र शैक्षिक मुद्दाहरूमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वासका साथ यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। मनोनयन पत्र हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले खत्रीको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।

​नवनियुक्त केन्द्रीय सदस्य खत्रीले संगठनको विधि, विधान र मर्यादाभित्र रहेर विद्यार्थी हकहितका लागि सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ। पछिल्लो समय नेविसंघले आफ्नो संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिँदै आएको छ।

Share

9

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!