निजगढमा नेविसङ्घद्वारा रक्तदान कार्यक्रम सम्पन्न

निजगढ, बारा ।
✒️दावा लामा (बम्जन अनिल)
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) निजगढको आयोजनामा बाराको निजगढस्थित सहिदचोकमा "तेस्रो रक्तदान कार्यक्रम" आज शनिवार सफलतापूर्वक सम्पन्न भएको छ। "सेवा नै धर्म हो" र "रक्तदान जीवन दान" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा ५० जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्।
संकलित रगतको विवरण अनुसार ४७ जना पुरुष र ३ जना महिला गरी कुल ५० जनाले रक्तदान गरेका थिए। अस्पतालहरूमा भइरहने रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थी तथा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श बोकेको नेविसङ्घले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सम्पन्न गरेको हो। आयोजकले सम्पूर्ण रक्तदाता र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।