पाटन क्याम्पसमा मामा–भान्जा ब्याडमिन्टन सम्पन्न:

Shine news
16 days ago
632 views
0 comments
5 shares
पाटन क्याम्पसमा मामा–भान्जा ब्याडमिन्टन सम्पन्न: - Image 1

ललितपुर । पाटन क्याम्पसको प्राङ्गणमा आयोजित ‘चौथो मामा–भान्जा ब्याडमिन्टन प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पवन शाही र विशाल रेग्मीको जोडीले सानदार जित निकाल्दै उपाधि हात पारेका छन्। विजेता जोडीलाई आयोजकले पुरस्कार स्वरूप भाले प्रदान गरेको छ।

​त्यसैगरी, कडा प्रतिस्पर्धाका बीच माधव पौडेल र आयुष श्रेष्ठको जोडी उप-विजेता बनेका छन्। उप-विजेता टोलीलाई प्रोत्साहन स्वरूप उनीहरूले बुझाएको इन्ट्री फी (प्रवेश शुल्क) फिर्ता गरिएको छ।

​पाटन क्याम्पसका विद्यार्थीहरूको सक्रिय सहभागिता र दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमले खेलकुद र भाइचारालाई प्रवर्द्धन गरेको छ। आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने गुरुहरू, रेफ्री र व्यवस्थापन टोलीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता प्रतिभा प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Share

5

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!