पब्लिक युथ क्याम्पस नेविसंघद्वारा 'बृहत् वनभोज २०८२' आयोजना

Shine news
14 days ago
433 views
0 comments
2 shares
पब्लिक युथ क्याम्पस नेविसंघद्वारा 'बृहत् वनभोज २०८२' आयोजना - Image 1

काठमाडौँ: नेपाल विद्यार्थी संघ (नेविसंघ), पब्लिक युथ क्याम्पस इकाई समितिले विद्यार्थीहरूबीच आपसी सम्बन्ध र भ्रातृत्व बढाउन 'बृहत् वनभोज कार्यक्रम-२०८२' आयोजना गर्ने भएको छ। इकाई सभापति रविन्द्र दाहालको विशेष सक्रियतामा हुन लागेको यो कार्यक्रम आगामी पौष १९ गते, शनिबार सिन्धुपाल्चोकको भोटेचौर (मिनी इलाम) मा सञ्चालन हुनेछ।

​वनभोजमा सहभागी हुन चाहने BBS, BBA, MBS लगायत सबै संकायका विद्यार्थीहरूका लागि ९९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सहभागीहरू सो दिन बिहान ६:३० बजे क्याम्पस परिसरमा अनिवार्य उपस्थित हुनुपर्नेछ। सभापति दाहालसहित अन्य पदाधिकारीहरूले कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारेका छन्।

पढाइको चापबाट केही समय राहत मिल्ने र साथीहरूबीच चिनजान हुने यस कार्यक्रमका लागि विभिन्न सम्पर्क व्यक्तिहरू समेत तोकिएका छन्।

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!