पेरिसडाँडा भेला: आगामी निर्वाचनमा युवा र सक्षम उम्मेदवारलाई जोड

✒️बीरेन्द्र मगर
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगा-काठमाडौं सम्पर्क समन्वय समितिले आज पेरिसडाँडामा एक विशेष भेला सम्पन्न गरेको छ। आगामी निर्वाचनको तयारीका लागि आयोजित उक्त भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूले अबको नेतृत्वमा युवाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विशेष जोड दिएका छन्।
भेलालाई सम्बोधन गर्दै वक्ताहरूले निर्वाचनमा जनअपेक्षा पूरा गर्न सक्ने, बौद्धिक र ऊर्जावान् युवा उम्मेदवारहरूलाई अगाडि सार्नुपर्ने धारणा राखे। "पुरानो कार्यशैलीलाई सुधार्दै युवा पुस्तालाई नेतृत्व सुम्पिनु र स्थानीय विकासमा स्पष्ट भिजन भएका उम्मेदवार छान्नुनै अहिलेको आवश्यकता हो," भेलाको मुख्य निष्कर्ष थियो।
यसैगरी, ओखलढुंगाबाट काठमाडौंमा बसोबास गर्ने युवाहरूलाई संगठित गर्दै निर्वाचनमा परिचालन गर्ने रणनीति समेत तय गरिएको छ। भेलाले उम्मेदवार चयन गर्दा जनतामा लोकप्रिय र युवाहरूको भावना बुझ्न सक्ने व्यक्तित्वलाई प्राथमिकता दिने निर्णय गरेको छ।