प्रहरी छापाको विरोधमा नेकपा (माओवादी) ललितपुरद्वारा प्रदर्शन

Shine news
14 days ago
613 views
0 comments
3 shares
प्रहरी छापाको विरोधमा नेकपा (माओवादी) ललितपुरद्वारा प्रदर्शन - Image 1

स्रोत: अनुप सि

ललितपुर, १३ पुस । अर्घाखाँचीको सितगंगा नगरपालिका–११ स्थित नेकपा (माओवादी) को उत्पादन केन्द्र (कम्युन) मा प्रहरीले छापा मारेको घटनाप्रति सो पार्टीको ललितपुर जिल्ला समितिले घोर भर्त्सना गरेको छ। पुस ११ गते राज्यले सुनियोजित रूपमा 'स्वेत आतंक' फैलाउने उद्देश्यले उत्पादन केन्द्र र स्थानीयका घरमा छापा मारेको भन्दै पार्टीले सशक्त विरोध जनाएको हो।

​उक्त 'राज्य आतंक' विरुद्ध पार्टीले पुस १२ गते साँझ देशभर मसाल जुलुस प्रदर्शन गरेको थियो भने आज पुस १३ गते देशव्यापी रूपमा कोणसभा सम्पन्न गरेको छ। ललितपुरमा आयोजित कोणसभा व्यापक जनसहभागिताका साथ सम्पन्न भएको जिल्ला समितिले जनाएको छ।

​नेकपा (माओवादी) ले यस कार्यलाई दलाल र वैदेशिक एजेन्टहरूको इसारामा क्रान्तिकारीहरूमाथि गरिएको दमनको संज्ञा दिएको छ। पार्टीले यस्ता नियोजित आतंकका विरुद्ध एकजुट हुन आम जनतालाई अपिल गर्दै आगामी दिनमा संघर्षका कार्यक्रमहरू थप सशक्त बनाउने चेतावनी दिएको छ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!