रामेछाप-काठमाडौं नेविसंघको नेतृत्वमा राजेश भण्डारी

काठमाडौं, २०८२ मंसिर ०१ – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (ने.वि. संघ) ले श्री राजेश भण्डारी ज्यूलाई आफ्नो रामेछाप-काठमाडौं सम्पर्क समितिकोकार्यवाहक अध्यक्ष पदमा मनोनयन गरेको छ। यो नियुक्ति समितिको औपचारिक पत्रमार्फत घोषणा गरिएको हो।
मिति: २०८२/०९/०१ उल्लेख भएको पत्रअनुसार, यो मनोनयन ने.वि. संघको विधान २०२७ (सातौं संशोधन २०७७) बमोजिम गरिएको छ। खाँडादेवी-०८, रामेछापका बासिन्दा श्री भण्डारीलाई सम्पर्क समितिको कार्यवाहक अध्यक्ष पदमा मनोनीत गरिएको हो।
रामेछाप-काठमाडौं सम्पर्क समितिका अध्यक्ष विष्णु श्रेष्ठ द्वारा हस्ताक्षरित पत्रमा श्री भण्डारीले ने.वि. संघको विधि, विधान र मर्यादाभित्र रही कार्य गर्नेमा विश्वास व्यक्त गरिएको छ। पत्रमा भनिएको छ, "तपाईंको मनोनयनले ने.वि. संघ रामेछापलाई थप उचाइ मिल्नेछ भन्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।"
रामेछाप-काठमाडौं सम्पर्क समितिले राजधानीमा रहेका रामेछापका विद्यार्थीहरूलाई सङ्गठित गर्ने र उनीहरूको हकहितका लागि काम गर्ने जिम्मेवारी वहन गर्दछ। यो नियुक्तिले सङ्गठनात्मक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।