राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा ‘प्रतिष्ठान गान’ रचना आह्वान

Shine news
6 days ago
258 views
0 comments
1 shares
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा ‘प्रतिष्ठान गान’ रचना आह्वान - Image 1

काठमाडौँ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जले आफ्नो स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा ‘प्रतिष्ठान गान’ (Anthem) रचनाका लागि प्रतियोगिता आयोजना गरेको छ। प्रतिष्ठानको गरिमा, तालिमको महत्त्व र व्यावसायिकता झल्कने गरी इच्छुक सर्जकहरूलाई गान रचना गरी पठाउन आह्वान गरिएको छ।

​उत्कृष्ट रचनालाई नगद ५०,००० रुपैयाँ र प्रशंसापत्रद्वारा पुरस्कृत गरिनेछ। इच्छुक व्यक्तिले आगामी माघ २० गतेभित्र प्रतिष्ठानको इमेल वा प्रत्यक्ष रूपमा रचना बुझाउन सक्नेछन्। यस प्रतियोगिताले प्रहरी प्रशिक्षणको इतिहास र गौरवलाई शब्दमार्फत उजागर गर्ने लक्ष्य राखेको छ।

Share

1

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!