साम्राज्यवादका विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन: 'भेनेजुएला उपनिवेश होइन'

Shine news
6 days ago
420 views
0 comments
3 shares
साम्राज्यवादका विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन: 'भेनेजुएला उपनिवेश होइन' - Image 1

काठमाडौँ । अमेरिकी साम्राज्यवादले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र 'कठपुतली सत्ता' थोपर्न खोजेको भन्दै विद्यार्थी नेताहरूको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। लोकतन्त्र र मानव अधिकारको आवरणमा अमेरिकाले विश्वभर लुट, हत्या र दासत्वको गिरोह चलाइरहेको भन्दै प्रदर्शनकारीहरूले कडा आपत्ति जनाएका छन्।

अखिल क्रान्तिकारी ​महेन्द्र रत्न क्याम्पसका अध्यक्ष विशाल लामाको अध्विअध्यतामा आयोजित उक्त विरोध जुलुसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन ढकाल, उपमहासचिव एवं उपत्यका विशेष इन्चार्ज निरोज श्रेष्ठ, केन्द्रीय सदस्य सुसान्त लामाउमेश सेन्चुरीले सम्बोधन गर्दै साम्राज्यवादी नीतिको चर्को विरोध गरे। यस्तै, क्याम्पस जिल्ला कमिटी अध्यक्ष प्रदिप भण्डारी र पाटन क्याम्पसका अध्यक्ष दिपक मगरले पनि ऐक्यबद्धता जनाएका थिए।

​वक्ताहरूले भेनेजुएलाको तेल, श्रम र भविष्य लुट्न अमेरिकाले गरिरहेको असफल प्रयासको निन्दा गरे। "भेनेजुएला कुनै उपनिवेश होइन, न त यो कसैको सामु घुँडा टेक्ने राष्ट्र नै हो," प्रदर्शनका क्रममा नेताहरूले भने, "त्यहाँका जनता अमेरिकी बम र बारुदभन्दा बलियो चेतनाले सुसज्जित छन्।"

​प्रदर्शनकारीहरूले भेनेजुएलालाई पीडितका रूपमा नभई साम्राज्यवादी उत्पीडन विरुद्धको प्रतिरोधको प्रतीकका रूपमा हेरिनुपर्ने बताए। यो विद्रोह केवल भेनेजुएलाको मात्र नभई विश्वभरका शोषित राष्ट्रहरूको साझा आक्रोश भएको उनीहरूको निष्कर्ष थियो।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!