​श्री बागमती आधारभूत विद्यालयमा शैक्षिक सामग्री तथा ट्र्याकसुट वितरण

Shine news
13 days ago
291 views
0 comments
2 shares
​श्री बागमती आधारभूत विद्यालयमा शैक्षिक सामग्री तथा ट्र्याकसुट वितरण - Image 1

​ललितपुर । श्री बागमती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सोमबार एक कार्यक्रमका बिच ट्र्याकसुट, स्कुल ब्याग र स्टेसनरी सामग्री वितरण गरिएको छ। Metta Nepal को सहयोगमा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीहरूलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको हो।

​वितरण कार्यक्रममा संस्थाका प्रतिनिधि गौतम महर्जन तथा अन्य स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक सन्तोष लोप्चनले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक सुधार र प्रोत्साहनका लागि यस्ता मानवीय कार्यले ठुलो ऊर्जा दिने बताउनुभयो।

​प्रधानाध्यापक लोप्चनले व्यक्तिगत र विद्यालय परिवारको तर्फबाट Metta Nepal लाई धन्यवाद दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि विपन्न बालबालिकाहरूको शिक्षाका लागि यस्तै सहकार्य र सहयोगको अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो। यस सहयोगले जाडो मौसममा विद्यार्थीहरूलाई विद्यालय आउन थप सहज हुने विश्वास लिइएको छ।

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!